इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओकाे हिजो (आइतबार) बाँडफाँट भएको हाे ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीय बासिन्दाका लागि गत भदौ ७ गतेदेखि २८ गतेसम्म ६ लाख २० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेकोमा ५ लाख ६९ हजार ६९० कित्ताका लागि मात्रै आवेदन परेको थियाे ।

बाँकी ५० हजार ३१० कित्तामा भने आवेदन परेको छैन । अब यो बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणहरूको लागि आईपीओ विक्री खुला गर्दा थप गरेर ल्याउनेछ । अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री गर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *