सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको विशेष सभा मंगलबार हुँदै

सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा भोलि (मंगलबार) हुँदैछ । यी दुवै कम्पनीले एकापसमा मर्ज हुने प्रस्ताव पारित गर्नेछन् ।

सानिमा जनरलको सभा कुण्डलीनी दरवार ब्यांक्वेट चण्डोल काठमाडौंमा बिहान ११ बजेबाट शुरू हुनेछ । त्यस्तै, जनरल इन्स्योरेन्सको सभा अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । यी दुई कम्पनी मर्जरपछि नाम सानिमा जिआईसी इन्स्योरेन्स राख्ने प्रस्ताव पनि पारित हुनेछ ।

साथै मर्जरपश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सानिमा र जनरल इन्स्योरेन्स एक आपसमा गाभिने भएपछि हाल दुवैको सेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ । यी दुई कम्पनीहरूबीच असार २९ गते मर्जरसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

हाल सानिमा जनरलको चुक्तापूँजी १ अर्ब रुपैयाँ र जनरल इन्स्योरेन्सको १ अर्ब रुपैयाँ छ । कम्पनीहरूले १ बराबर १ को स्वाप रेसियोमा मर्जर सम्झौता गरेका छन् । मर्जरपश्चात कायम हुने कम्पनीको पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *