प्रभु बैंक र होलिडे क्याम्पबीच आकर्षक छुट सम्झौता

प्रभु बैंक लिमिटेड र थासाङको कोबाङस्थित होलिडे क्याम्पबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होलिडे क्याम्पका तर्फबाट प्रोप्राइटर राजु गौचनले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले होलिडे क्याम्पद्वारा सञ्चालित ‘फुड’, ‘बेभरेज’ र ‘लजिङ’ सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

सम्झौताअन्तर्गत होलिडे क्याम्पमा सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्नेछन्।

यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुुनेमा बैंक विश्वस्त छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *