दुई महिनामा झण्डै ३ खर्बको आयात हुँदा साढे दुई खर्बको व्यापार घाटा

चालु आर्थिक वर्षको २ महिना (साउन र भदौ)मा नै झण्डै ३ खर्बको बस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दुई महिनामा दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँ बराबरको बस्तु आयात भएको हो ।

बस्तु आयातमा कडाई गरेको भएपनि आयातमा बाहिरिएको नेपाली रुपैयाँमा खासै ठूलो अन्तर नदेखिएको हो । गत आर्थिक वर्षको यो अवधिको तुलनामा चालुआर्थिक  वर्षमा बस्तु आयातमा बाहिरिएको नेपाली रुपैयाँ करिब ४२ अर्बले घटी हो ।

भन्सारको तथ्यांकले साउनको तुलनमा भदौमा आयात बढेको देखाएको छ ।

दुई महिनामा दुई खर्ब ७३ अर्ब बढीको आयात हुँदा निर्यात भने जम्मा २८ अर्ब ६८ करोडको मात्रै भएको छ । गत आर्थिक वर्षको साउन र भदौमा ४४ अर्ब ३ करोडको वस्तु निर्यात भएकोमा यस वर्षको सोही अवधिमा निर्यात ३५ प्रतिशतले घटेको हो ।

आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख व्यापार घाटा व्यहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *