सुनको मूल्य आज एकैदिन १ हजारले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला  ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन  छापावाला सुन प्रतितोला  ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २०० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *