जेब्राक्रसमै गाडीले ठक्कर दिँदा विद्यार्थीको मृत्यु, स्थानीय र विद्यार्थीद्वारा ताेडफाेड

गाडीको ठक्करबाट धादिङमा एक जना विद्यार्थीको ज्यान गएको छ । जेब्राक्रसमै गाडीले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि स्थानीयबासिन्दा र विद्यार्थी प्रदर्शन उत्रिएका छन् ।

प्रहरीका अनुसार गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको हो । विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन् ।

उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *