सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

आज बिहीबार सुनको मूल्य फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । योसँगै आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन  ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको  मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यो दिन आज छापावाला सुन प्रतितोला  ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *