छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा बंगलादेशले २–० गोलको अग्रता बनाएको छ ।
खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट भली गोल गरे । खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाएकी छिन् ।







