धनकुटाका रानामगरले डिशहोममा १ वर्षको रिचार्ज गर्दा जिते नगद रु. १ लाख

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाइनेछ ।

यसै क्रममा पाखृवास न पा २ धनकुटा, फलाटेका सन्त बहादुर राना मगरले  एक लाख जितेका छन् । भारद्वाज इन्टरप्राइजेज  डिलर अन्तरगत रहेको योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा १ वर्षको रिचार्ज गरेर सन्त बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फ वाट सेल्स अफिसर मनोज रिजालले राना मगरलाई पुरस्कार रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *