प्रभु बैंक र गुर्जुधारा डेन्टल केयरबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र गुर्जुधारास्थित गुर्जुधारा डेन्टल केयर प्रालिबीच विभिन्न सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र गुर्जुधारा डेन्टल केयरका तर्फबाट प्रबन्ध निर्देशक डा. विनय भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले गुर्जुधारा डेन्टल केयरद्वारा सञ्चालित ‘साधारण दन्त उपचार’ सेवामा १५ प्रतिशत र ‘जटिल दन्त उपचार’ सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन्।

सम्झौताअन्तर्गत गुर्जुधारा डेन्टल केयरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा ती सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *