प्रभु बैंक र डीजे लावन्जबीच आकर्षक छुट सम्झौता

प्रभु बैंक लिमिटेड र गुर्जुधारास्थित डीजे लावन्जबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र डीजे लावन्जका तर्फबाट प्रबन्ध निर्देशक बिरु जोशीले सम्झौतापत्रमा हस्ताक्षर रेका छिन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले डीजे लावन्जद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

उतm सम्झौताअन्तर्गत डीजे लावन्जमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा डीजे लावन्जका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुुनेमा बैंकले विश्वास गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *