सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोर्ट तथा त्रिसाराबीच छुट सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र चितवनको जंगल भिल्ला रिसोर्ट तथा काठमाण्डौको त्रिसाराबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई जंगल भिल्ला रिसोर्ट र त्रिसारामा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो। जंगल भिल्ला रिसोर्टमा एकोमोडेसन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका तर्फबाट बजार प्रमुख सुहानी गिरीले हस्ताक्षर गरेका छन्।

यसैगरी त्रिसारामा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा– द बेकिङ फ्याक्ट्रीमा समेत उपलब्ध हुनेछ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र त्रिसाराका तर्फबाट प्रबन्ध निर्देशक शोभनवीर मालाकारले हस्ताक्षर गरेका छन्।

सेञ्चुरी कमर्सियल बैंकका १४७ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *