नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँ रुपैयाँमा कारोबार भईरहेको छ ।
हिजो बुधबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।
Artha Sanjal






