बैंकिङ प्रणालीमा दैनिकजसो थपिँदै निक्षेप

बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ २८ गते एकै दिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ५० खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २७ गतेसम्म कुल निक्षेप ५० खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ। भदौ २७ गते पनि एकैदिन निक्षेप ६ अर्ब रुपैयाँले बढेको थियो।

भदौ २८ गते वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ। गत भदौ २७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ५४ अर्ब रुपैयाँ रहेकोमा भदौ २८ गते बढेर ४४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ।

भदौ २८ गते बैंक तथा वित्तीय संस्थाहरुले थप १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २७ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ।

वाणिज्य बैंकहरुको कर्जा लगानी भने भदौ २८ गते स्थिर देखिएको छ। भदौ २८ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिन पनि त्यति नै थियो।

निक्षेप थपिने क्रम जारी रहे पनि बैंकहरुको औसत सीडी रेसियो घटेर भदौ २८ गते ८८.०१ प्रतिशतमा झरेको छ। अघिल्लो सीडी रेसियो ८८.११ प्रतिशत थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *