ब्रोडवे इन्फोसिसले आईसीटी अवार्डमा ट्रेनिङ पार्टनरका रुपमा सहकार्य गर्ने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका लागि ट्रेनिंङ पार्टनरका रुपमा ब्रोडवे इन्फोसिस रहने भएको छ।

मंगलबार ब्रोडवे इन्फोसिस सीईओ राजु अधिकारी र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। आईसीटी अवार्ड २०२२ को ट्रेनिङ पार्टनरका रुपमा ब्रोडवेले अवार्डमा सहभागी विद्यार्थीको लागि डिजिटल स्किल डेभलपमेन्टका लागि पनि सहयोग गर्ने छ ।

ब्रोडवे इन्फोसिस अग्रणी आइटी ट्रेनिंङ कम्पनी हो। जसले सन् २००८ देखि प्रोफेसनल कोर्सहरुमार्फत १० हजार बढी विद्यार्थीलाई स्किल विकास गर्दै सर्टिफाईड र जब प्लेसमेन्टमा काम गरिसकेको छ।

कम्पनी आईएसओ ९००१ः २०१५ बाट सर्टिफाइड भएर बजारमा अग्रणी ट्रेनिङ कम्पनिका रुपमा काम गरिरहेको कम्पनीले विदेशमा रहेका विद्यार्थी तथा प्रोफेसनलका लागि पनि अनलाइन तालिमहरु प्रदान गरिरहेको छ। ब्रोडवेमा ७० बढी दक्ष प्रोफेसनलमार्फत अफलाइन तथा अनलाइनमा १०० बढी कोर्सहरु सञ्चालन गरिरहेको छ। कम्पनीले विद्यार्थीसँगै सरकारी तथा निजी कर्मचारीका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको छ।

सन् २०१६ बाट सुरु भएको ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रक्रिया सुरु भएको छ। यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुका लागि ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२’ पनि आयोजना हुँदैछ।

लिभिङ विथ आईसीटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा आयोजनामा हुने आईसीटी अवार्डको छनौट प्रक्रियामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशिष्ठ सल्लाहकार छन्। यस वर्ष साउथ एसियाबाहेक अन्य ११ विधामा ४०० बढीको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डका लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुला रहेको छ।

आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ। यसैगरी प्रि–इभेन्ट क्याम्पियनका रुपमा कात्तिक तेस्रो साता देशैभरिका १०० भन्दा बढी डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनका रुपमा ‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *