दसैंअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने चिनियाँ नेता चान्सुको प्रतिबद्धता

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ ।

सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका उनले आज गरिरहेका उच्चस्तरिय भेटवार्ताका क्रममा उक्त नाका खोल्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । सो नाका बन्द हुँदा नेपाली व्यापारीहरूको करोडौं मूल्य बराबरको सामग्रीहरू बाटोमै अलपत्र परेका छन् ।

उनले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गरेका छन् । चिनियाँ नेता लि ले आजै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कालगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *