नेप्से कारोबार खुलेको दुइ घन्टाको अवधिमा सेयर २७.७० अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार नेप्से २७.७० अंकले बढेर १९४०.४४ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ५.१९ अंकले बढेर ३७७.५३ बिन्दुमा पुगेको छ ।
कारोबार २ दुई घन्टाको अवधिमा २२३ कम्पनीको १३ लाख १८ हजार ८०६ कित्ता सेयर खरिदबिक्री हुँदा ४२ करोड ९६ लाख रुपैयाँमा कारोबार भएको छ।
Artha Sanjal






