वाणिज्य बैंकहरुको कर्जा लगानी दुई अर्बले बढ्याे, निक्षेपको अवस्था कस्तो ?

गत साता बैंकिंङ प्रणालीको निक्षेप स्थिर रहेको छ। भदौ महिनाको ३ गतेसम्म बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब २६ अर्ब रहेकोमा भदौ १० गतेसम्ममा पनि सोहि निक्षेप कायम रहेको बैंकर्स संघले जनाएको छ ।

यस अवधिमा कर्जा प्रवाह भने २ अर्बले बढेको छ । संघका अनुसार भदौ ३ गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ७८ अर्ब रहेकोमा भदौ १० गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह २ अर्बले बढेर ४१ खर्ब ८० अर्ब पुगेको छ । यस अवधिमा  बैंकहरुको सिडी रेसियो ८८.४२ प्रतिशत रहेको संघले जनाएको छ ।

चालु आर्थिक वर्ष सुरु भएयता बैंकको निक्षेप १ खर्ब १५ अर्बले घटेको छ।  असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा भदौ १० गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर  ४४ खर्ब २६ अर्ब पुगेको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *