आज मेगा बैंकको साधारण सभा

मंगलवार मंसिर २८ गते मेगा बैंकको साधारण सभा हुने भएको छ । बैंकले बिहान ११ः१५ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलदीमा गर्ने जानकारी गराएको छ । सभाले १० प्रतिशत बोनस शेयर र २ दशमलव ०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै सभाले यस बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १४ गते एक दिन बन्द गरिसकेको छ । यस आधारमा मंसिर १३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *