मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । मंगलबारका लागि अमेरिकी डलर एक डलरको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ २६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ । आइतबार युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा रहेको थियो ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ २९ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, जापानीज ऐन १० को खरिददर १० रुपैयाँ ६४ पैसा र विक्रीदर १० रुपैयाँ ६९ प्रैसा रहेको छ ।

त्यस्तै, सबैभन्दा महगो विनिमयदर भएको कुवेती दिनारको एकको खरिददर ३९९ रुपैयाँ २५ प्रैसा पुगेको छ भने विक्रीदर ४०१ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३२० रुपैयाँ ७६ पैसा र विक्रीदर ३२२ रुपैयाँ ३५ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *