मन्दिरको जग्गा हडप्ने ताम्राकार कम्प्लेक्स ‘अवैधानिक’

काठमाडौंको न्यूरोडस्थित राधाकृष्ण मन्दिरको जग्गा हडपेर ताम्राकार कम्प्लेक्स निर्माण भएको तथ्य सार्वजनिक भएको छ । नापी विभागबाट प्राप्त जानकारी अनुसार कम्प्लेक्सका मालिक प्रदिपरत्न ताम्राकारले मन्दिरको जग्गा हडपेर भवन बनाएको कुरा प्रष्ट हुन्छ ।

स्थानीयका अनुसार धार्मिक एतिहासिक यवं पुरातात्विक महत्व बोकेको उक्त मन्दिरको क्षेत्रफल पहिले ३ आना २ पैसा ३ दाम थियो तर अहिले आइपुग्दा मन्दिरको जग्गा घटेर ३ आनाभन्दा पनि कम क्षेत्रफलमा रहेको छ । यसरी जग्गा घट्नुको मुख्य कारण हो सँगै बनेको ताम्राकार कम्प्लेक्स ।

अर्थसंजालले प्राप्त गरेको नक्सा र फिल्डबुक अनुसार मन्दिरको जग्गा ३ आना २ पैसा ३ दाम तोकिएको छ । तर स्थलगत निरिक्ष गर्दा मन्दिर उक्त क्षेत्रफलमा बनेको देखिँदैन । ताम्राकारले सत्ता र शक्तिका आड लिएर यस्तो गैह्रकानुनी कार्य गरेको खुलेको छ । जुन सरकार आए पनि स्थानीय जनप्रतिनिधि,सरोकारवाला पक्ष र सम्बन्धित निकाय तथा प्रहरी प्रसाशनलाई समेत उनले प्रभावमा पारेर यो विवाद गुपचुप राख्ने गरेको एक स्थानीय प्रतिनिधिले जानकारी दिए।

यस विषयमा काठमाडौं महानगरपालिका वडा नं २२ का वडाध्यक्ष चिनकाजी महर्जजनसँग कुरा गर्दा उनले यो बिषयमा नापी गराएर मात्र अगाडि बढ्नुपर्ने हुदा नापी विभागबाट स्वीकृति लिएर प्रक्रिया आगाडी बढाउनु पर्ने बताए । सोही अनुरुप प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा काठमाडौँ महानगर र नापी विभागलाई नापी गरिदिन पत्राचार समेत गरिएको छ ।

मन्दिरको जग्गा मासेर कम्प्लेक्स खोलेका ताम्राकारले मन्दिरलाई नै सटर भित्र थुनेर राख्ने गरेका छन् । राधाकृष्ण मन्दिरमा अहिले नियमित पुजापाठ पनि हुन दिइएको छैन । यसका साथै कम्प्लेक्सले २ पैसामा बनेको पुरानो इनार पनि मासेको पाइएको छ। नापी विभागद्वारा उपलब्ध फिल्डबुकमा इनार प्रष्ट रुपमा खुलाइएपनि त्यहाँ न त इनार छ न त इनारको खाली जग्गा ।

यस विषयमा कम्प्लेक्समा मालिक ताम्राकारसँग कुरा गर्दा ‘मेरो जग्गा मसँगै छ बाँकी कुरा मलाई थाहा छैन् मैले गुठीसँग लिएको हो गुठीलाई सोध्नुस’ भन्ने गैह्रजिम्मेवारपूर्ण व्यक्ति दिएर पन्छिने गरेका छन ।

तर स्थानीयहरु भने यस बिषयमा पटक पटक विवाद उत्पन्न हुने गरेकों र उक्त विवाद मिलाउन ताम्राकारले ठुलो रकम खर्चिने गरेको बताउछन् । नाम नबताउने शर्तमा एक ब्यापारी भन्छन, ‘यो विषय पहिलेदेखि नै विवादित रहेपनि पैसाको आडमा मिलाउँदै लगिएको हो ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *