सेञ्चुरी कमर्सियल बैंक लिमिटेड लालबन्दी शाखा र लालबन्दी नगरपालिका वडा नं. ६ मा रहेको लालवन्दी युनाइटेड होटल प्रा.लि बीच सेञ्चुरी बैंक लिमिटेडका ग्राहकवर्गलाई लालवन्दी युनाइटेड होटल प्रा.लि बाट प्रदान गरिने सेवामा आकर्षक छुट दिने विषयमा सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई लालवन्दी युनाइटेड होटल प्रा.लि मा २० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा लालवन्दी युनाइटेड होटल प्रा.लि का तर्फबाट सञ्चालक रमेश श्रेष्ठ र बैंकका तर्फबाट लालबन्दी शाखाका शाखा प्रबन्धक ललित कुमार रेग्मीले हस्ताक्षर गर्नुभएको छ ।
सेञ्चुरी बैंकले सर्लाही जिल्लामा लालबन्दी, मलंगवा र गोडैतासहित ३ वटा शाखा लगायत देशका सुगम तथा दुर्गम क्षेत्रबाट आधुनिक प्रविधिमार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । हाल सेञ्चुरी बैंकका १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २५ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत् ७ लाख भन्दा बढी गा्रहकहरुलाई वित्तीय सेवा मार्फत सन्तुष्टी प्रदान गर्दै आएको छ ।






