बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी समितिले यस्तो आव्हान गरेको हो ।
नेपाल सरकारको आ.व. २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्न बढीमा ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनी स्थापना गर्ने उल्लेख भएको स्मरण समितिले प्रकाशित गरेको सूचनामा गराईएको छ ।
यस्ता कम्पनी स्थापना गर्न इच्छुक व्यक्ति तथा लगानीकर्ताहरुका लागि विभिन्न सर्तहरु राखी समितिले सूचना प्रकाशित गरेको छ ।व्यक्ति तथा संस्थाहरुलाई प्रस्ताव पेश गर्न समितिले ३५ दिनको अवधि दिएको छ ।
सूचना :





