टीएमएसमार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने

सेयर खरिदबिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएसमार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ। यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज भएको छ।

हाल यो सेवा ३५ वटाभन्दा बढी ब्रोकरमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ। इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन।

लगानीकर्ताले आफ्नो मोबाइलमार्फत सहजै रकम भुक्तानी गर्न सकिनेछ भने नजिकको इसेवाका जोन पोइन्टमार्फत समेत रकम भुक्तानी गर्न सकिनेछ। यसले गर्दा आमलगानीकर्तालाई रकम भुक्तानीकै लागि ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ। यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुवैलाई सहज हुनेछ।

इसेवाका लगानीकर्ताले इसेवामा रहेको टीएमएसमा क्लिक गरी फन्ड म्यानेजमेन्टमा जानुपर्ने छ। त्यसपछि कोलाटरोल (आफूले तिर्ने रकम) उल्लेख गरी पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ।

टीएमएसमा रकम पठाउन सकिने विषयमा इसेवाका विजनेस हेड आशिष गौतमले भन्नुभयो, ‘आर्थिक स्वाधीनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरि टीएमएसमा इसेवा जोडिएको छ। इसेवाले पनि आफ्नो दायरा फराकिलो बनाउँदै आमलगानीकर्तालाई सहज हुने किसिमका सेवा थप गर्दै गइरहेको छ।’

इसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५२ लाख र आईओस् मोबाइलमा करिब १० लाख गरि ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरुको शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *