साताको अन्तिम कारोबार दिन शुक्रवार पनि सेयर बजारमा गिरावट भएको छ । बिहीवार पनि घटेको बजार शुक्रवार पनि ३४.८५ अंकले गिरावट भएर २११३.३० अंकमा बन्द भएको छ ।
नेप्सेसँगै सामूहिक लगानी कोषबाहेक सबै उपसूचक घटेको छ । नेप्से घटेपनि दुई घण्टामात्रै कारोबार भएको बजारमा साढे २ अर्ब भन्दा बढीको सेयर किनबेच भएको छ । शुक्रवार ६४ लाख १६ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५५ हजारको कारोबार भएको हो ।
बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २१ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै एक कम्पनीको सेयरमूल्य भने स्थिर छ । केही दिने उकालो लागेको बजार पछिल्लो दिन निरन्तर ओरालो लागेको छ ।







