नेपाल टेलिकमको अफर, ४९ रूपैयाँ मै १०० मिनेट कुराकानी गर्न सकिने

नेपाल टेलिकमले सस्तो भ्वाइस प्याक अफर ल्याएको छ। मंगलबार यस अफरबारे टेलिकमले फेसबुकमार्फत जानकारी दिएको हो।

यस अफर अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरूले ४९ रूपैयाँमा नै १०० मिनेटसम्म कुराकानी गर्न सक्नेछन्। यसरी लिइएको प्याक ३ दिनसम्म मान्य हुनेछ।

सेवा सुरूचारू गर्न *१४१५# डायल वा NT Mobile App प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *