साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार एक व्यक्तिीलाई पक्राउ गरेको छ।

उनलाई ६ वर्ष कैद र साढे २२ करोड बढी जरिवाना तोकिएका उनलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।

पक्राउ पर्नेमा योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। उनीविरुद्ध सर्वोच्च अदालतले २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ ९ पैसा जविबाना र ६ वर्ष कैद सजाय ठहर गरेको थियो। प्रवक्ता श्रेष्ठका अनुसार योगेन्द्रप्रसादमाथि दुईवटा मुद्दामा सर्वोच्चले सजाय तोकेको थियो।

उनलाई सीआईबी टोलीले चैत १ मा नागार्जुन नगरपालिका–५ सितापाइलाबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *