सीटीईभीटीले माग्यो छात्रवृत्तिका लागि आवेदन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत निःशुल्क छात्रवृत्ति कोटाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले साउन २९ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ ।

यसैगरी, परिषद्ले प्रि–डिप्लोमा तथा प्रमाणपत्र तहका लागि पनि आवदेन आह्वान गरेको छ । यसका लागि पनि साउन २९ गतेभित्र फारम भरिसक्नु पर्ने परिषद्ले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *