चौंरी गोठालाले पत्ता लगाएको आकाशे ताल अवलोकन गर्न गए वडाध्यक्ष

प्रकृतिको काखमा रहेका धेरै ताल अझै पनि ओझेलमा परेका छन्।  मानव समाजको पहुँचबाट धेरै टाढा रहेका तालहरूको संरक्षणमा  कुनै निकयको ध्यान जान सकेको छैन । भाैगोलिक विकटता, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज अनुसन्धानको कमीका कारण ती तालको संरक्षण नभएको हो । जसकारण धेरै ताल गुमनाम अवस्थामा छन् ।

प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन् यद्यपि तिनको उजागर हुन सकेको छैन । गुठीचौर गाउँपालिका- १ मणिसाँघुबाट डेढ दिनको दूरीको ४७०० मिटरमा अवस्थित आकाशे ताल (स्काई लेक), ४३०० मिटरको हिउल्सा ताल र ४००६ सय मिटर उचाइमा रहेको दूधकुण्डली ताल पर्यटकहरूको पर्खाईमा छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *