पाँच वर्षपछि भोलिदेखि गुँला ङक धलं धार्मिक कार्यक्रम हुने 

पाँच वर्षपछि यसपटक भक्तपुरका स्थानीय साकोलान टोलका मानन्धर समुदायले गुँला ङक धलं धार्मिक कार्यक्रम आयोजना गर्ने भएका छन् । भक्तपुर नगरपालिका-९ साकोलानस्थित साकोलान टोलका मानन्धर समुदायले सवा लाख चैत्य बनाउने धार्मिक कार्य (गुँला ङक धलं) लाई पुनर्जीवन दिने भएका हुन् ।

बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रम आयोजना गर्न गठित ब्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर मानन्धरले सुरुका समयमा प्रत्येक वर्ष आयोजना गरेको भए पनि पछिलो समय मानव संशाधन, बजेट तथा अन्य समस्याले गर्दा निरन्तरता पाउन नसकेकोमा यो वर्ष निरन्तरता पाउने बताए ।

मानन्धर समुदायले गुँलाथ्व पारुदेखि ञलाथ्व पारु एक महिनासम्म गुँला पर्वमा मनाउने गरिन्छ । गुँला ङक धलं यसपालि          (ने.सं. ११४२  गुँलाथ्व पारुदेखि ञलाथ्व पारु) १३ साउनदेखि १२ भदाैसम्म भक्तपुर नगरपालिका-९ साकोलान टोलको थाथु सःमा मैत्रीमय धलं बनाइँदै छ ।

बौद्ध जातक कथाअनुसार स्वर्णकेतु राजा र स्वर्णवती रानीले सुवर्णपुर महानगरमा राज गर्दथे। राजरानीका पाँच पुत्र थिए । जेठो राजकुमार पुष्पकेतु बाईसाैं विपश्वी बुद्धकहाँ गई दिनदिनै भक्तिभावले वन्दना गर्न जान्थे। सोही क्रममा पुष्पकेतु राजकुमारले साउन महिनामा गुँला नौ बाजा बजाई संगीतको माध्यमबाट चैत्यवन्दना गर्दा कुन किसिमको पुण्य वृद्धि हुन्छ भनी आग्रह गर्दा विपश्वी बुद्धद्वारा यदि कुनै ब्यक्तिले गुँला महिनाभरि चैत्यको अगाडि धर्म देशना गरी स्वच्छ मनले पूजा गरेमा यो जीवनमा मात्र नभई पुनर्जन्ममा पनि पुण्य प्राप्त हुन्छ भन्ने किंवदन्ती छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *