सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले गत आर्थिक बर्षको वित्तीय बिवरण सार्वजनिक गरेको छ। बैकले अघिल्लो आर्थिक बर्षको तुलनाम २४.७६ प्रतिशतले खुद मुनाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा १ अर्ब ८० करोडबाट बढेर गत आर्थिक बर्ष २ अर्ब २५ करोड पुगेको छ। जसमा १ अर्ब ४६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ।
यस अवधिमा बैंकको निक्षेप ८.६५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी १०.६८ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब पुगेको छ।
यस अवधिमा बैंकको मुख्य आम्दानीको रुपमा लिईने आम्दानी खुद ब्याज आम्दानी ४०।२९ प्रतिशतले बढेर ५ अर्ब १२ करोड पुगेको छ।
यस अवधिमा बैकंको चुक्तापुंजी १४ अर्ब २० करोड रहेको छ भने रिजर्भ एण्ड सरप्लसमा ६ अर्ब ४४ करोड रहेको छ । बैंकको खराब कर्जा अनुपात १.८७ प्रतिशत रहेको छ।
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा, प्रति सेयर नेट वर्थ १४५ रुपैयाँ ३९ पैसा र मुल्य आम्दानी अनुपात १२.७७ गुणा रहेको छ।






