जापानमा पीएसजीको दोस्रो जित

काठमाडौं, ८ साउन ।  प्रि-सिजन टुरअन्तर्गत जापान भ्रमणमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा पीएसजीले जे लीग क्लब उरावा रेड डाइमण्डलाई ३-० पराजित गर्‍यो ।

पीएसजीको जितमा पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक एक गोल गरे । अघिल्लो खेलमा लियोनल मेस्सीको गोल प्रेरित पीएसजी २-१ अन्तरले विजयी भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *