बैंक तथा वित्तिय संस्थाहरुले मर्जरको सुविधा पुस मसान्तसम्म पाउने

बैंक तथा वित्तिय संस्थाहरु मर्जरमा जाँदा पाउने सुविधा उपभोग गर्न राष्ट्र बैंकले पुस मसान्त सम्मकाे समयसीमा दिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले मर्जरका लागि प्रोत्साहन गर्दै दिएको विभिन्न छुट तथा सहुलियतहरु पुस मसान्तसम्म मात्र जारी राख्ने बताए ।

गत आर्थिक वर्षको मौद्रिक नीतिले बैंक मर्जर भएमा ९ वटा थप सुविधा पाउने उल्लेख गरेको थियो । सोहीअनुसार केही बैंकले मर्जरमा गइसकेका छन् भने केही जाने क्रममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *