एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको प्रशिक्षण आजदेखि

नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई आज (बुधबार)देखि प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिँदै छ । काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिइने एकीकृत समाजवादीले जनाएको छ ।

प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछन् । प्रशिक्षण बधबार र बिहीबार सञ्चालन हुनेछ । जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने प्रवक्ता जग्ननाथ खतिवडाले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *