नाडामा देखिएका समस्या समाधान गर्न मेरो उमेद्वारी : ध्रुव थापा

‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायसीको साझा’ भन्ने मूल नाराका साथ शनिवार बिहान ध्रुव थापा समूहले काठमाडौंको होटल क्राउन इम्पेरियलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनको सम्बन्धमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको थियो ।

काठमाडौं बाहिर रहेका अटो व्यवसायीहरुसँग छलफल गर्न टिम निस्कनु अघि भएको उक्त अन्तक्रियामा नाडामा देखिएका समस्या समाधान गर्न नै आफूले अध्यक्ष पदमा उमेद्वारी दिएको ध्रुव थापाले बताए ।

मंसिर २३ र २४ गते आयोजना हुने नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको साधारण र निर्वाचनको कार्यक्रममा ध्रुव थापा समूहले कसरी यो क्षेत्रको समस्या पहिचान र त्यसको निराकरण गर्न सकिन्छ भन्ने विषयमा काठमाडौंमा रहेका व्यवसायीहरुसँग छलफल गरेको हो ।

नाडाको अध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका ध्रुव थापा र उहाँको प्यानलबाट निर्वाचन लड्न लागेका १६ सदस्यहरु टुङ्गो लागेसँगै काठमाडौंमा छलफल गरेर टिम पश्चिम नेपालको भ्रमणमा निस्केको हो ।

कार्यक्रममा नेपालका पुराना अटोमोवाइल्स व्यवसायी शेषनारायण श्रेष्ठ लगायत काठमाडौँका सम्पूर्ण स्पेयर्स पार्टस् व्यवसायीहरुको सभागिता रहेको थियो । उपस्थित व्यवसायीहरुसँग अध्यक्षका प्रत्याशी थापा लगायतका सम्पूर्ण सदस्यका उमेद्वारले नाडामा देखिएको विद्यमान समस्या र समाधान सम्बन्धी विषयमा व्यापक छलफल गरेका थिए ।

कार्यक्रममा अध्यक्ष पदको उम्मेद्वार थापाले विगतमा दुई पटक नाडाको उपाध्यक्ष पदमा रहेर काम गरेपनि अझै आफुलाई नेतृत्व गर्न नसक्ने आरोप केही साथीहरुले लगाउने गरेको भन्दै उनले भने, ‘हरेक संघ संस्थामा बसेर मैले कुसल नेतृत्व दिएको छु । यो क्षेत्रमा रहेका सानादेखि ठूला समस्यासँग म जानकार छु, विगतदेखिनै तपाईहरुको बीचमा रहेर काम गरेको छु । तपाईहरुको हरेक समस्या आफैँलाई परेको सम्झेर काम गर्ने छु ।’

३१ वर्ष अगाडि जिल्लाबाट सानो व्यपारीका रुपमा यस क्षेत्रमा आफु प्रवेश गरेको बताउँदै थापाले भन्नुभयो, ‘नाडाको तर्फबाट नेपाल सरकार र प्रदेश सरकारहरुसँग गर्ने नीतिगत तहका छलफल गर्नु पर्ने अवस्था छ । यो क्षेत्रमा रहेका सबै साना, मझौला र ठूला व्यवसायीले नाडा मेरो संस्था हो भनेर गर्व गर्न सक्नु पर्छ । त्यसको लागि नेतृत्वलाई आवश्यक पर्दा सदस्यहरुले आफूसँगै पाउनुपर्छ ।’

आफू नाडामा २०औँ बर्षदेखि प्रत्यक्ष सकृय भएर लागेको र मफोसलबाट प्रतिनिधित्व गर्दा नाडालाई देशव्यापी रुपमा बिस्तार गर्नु पर्छ भनि पटक पटक आवाज उठाउँदै आएको सम्झदै थापाले भने, ‘अहिले बल्ल प्रदेश स्तरका संगठनहरुको निर्माण भएको छ । तर, ती प्रादेशिक संगठनहरुलाई अर्थिक रुपमा सक्षम तथा अधिकारका हिसाबले मजबुत बनाउनु पर्ने आवश्यक्ता छ, त्यसको लागि मैले उमेद्वारी दिने घोषणा गरेको हुँ ।’

थापाले आगामी चुनावपछि नाडाको समस्या निराकरणका लागि नीतिगत सुधार, सचिवालय सुधार, नाडाको अटो शो, सदस्यहरुको क्षमता अभिबृद्धि, डाटा हव निमार्ण, समाजिक उत्तरदायित्व जस्ता सुधारात्मक कामहरुलाई ‘हाम्रा प्रतिबद्धता’ भनेर बुँदागत रुपमा प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण व्यवसायीले प्रत्याशी थापालाई समर्थन गरेका छन् ।

व्यवसायी शेषनारायण श्रेष्ठले थापालाई विषेश रुपमा चुवानका लागि शुभकामना पनि व्यक्त गर्नु भएको छ । आउने चुनावमा धु्रव थापा र उनको प्यानललाई स्पेयर्स पार्टस् व्यवसयीहरुको पूर्ण सहयोग रहने कुरा पनि उपस्थित व्यवसायीहरुले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *