नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ४०० रुपैयाँले बढेपछि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार भने सुनको मूल्य तोलामा २ रुपैयाँ घटेको थियो । सोमबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार १६५ रुपैयाँ पुगेको छ । आइतबार भने चाँदीको मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ थियो ।
Artha Sanjal






