फेरि बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट?

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मूल्य फेरि बढाएको छ । संघको कार्यसमितिको पछिल्लो निर्णयअनुसार आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो ।

यसअघि चैत १६ गतेदेखि लागू भएको मूल्यको तुलनामा अहिले सबै प्रकारका अण्डामा प्रति क्रेट १५ रुपैयाँले वृद्धि भएको छ ।

अण्डाको मूल्यसँगै ढुवानी र प्याकेजिङ खर्चमा पनि वृद्धि भएको छ । चितवनबाट लोड भई देशभरका विभिन्न डिपोहरूमा पुर्याउँदा लाग्ने भाडा, कार्टुन र क्रेट बापतको थप शुल्क यसअघि १४० रुपैयाँ रहेकोमा अब ५ रुपैयाँले बढेर १४५ रुपैयाँ कायम गरिएको छ।

किसानहरूको लागत मूल्य र बजारको अवस्थालाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *