शेयर बजारमा १७ अंकको गिरावट, ५ अर्ब ७७ करोडको कारोबार

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से परिसूचक १७.९१ अंकले घटेर २८०७.३१ को विन्दुमा कायम भएको छ ।

आज ३४७ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ ।आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सोलु हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३० करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको २३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । शिखर पावर कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानकिर्ताले १४.८२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८.७१ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *