१९ करोड प्रकरणमा गायक अमात्यकै सम्लन्ग्नता रहेको आशंकामा अनुसन्धान हुदै

१९ करोड रुपैयाँ ऋण प्रवाह प्रकरणको विवादमा तानिएको कुमारी बैंक बिचौलियाहरुको निशानामा परेको खुलेको छ । भित्रि स्रोतले दिएको जानकारी अनुसार  जानकारी अनुसार यस प्रकरणमा गायक योगेश्वर अमात्यमाथि नै अनुसन्धान भइरहेको बताइएको छ ।

यसअघि, गायक अमात्यको उजुरीको आधारमा छानविन थालेको सीआईबीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, पछि, ऋण प्रकरणमा बैंकको संग्लग्नता नरहेको बरु गायक अमात्यले नै बिचौलिया परिचालन गरी दोहोरो लाभ लिन खोजेको आशंकामा अनुसन्धान गर्न प्रहरीमाथि दबाब बढेको छ ।

अमात्यको जग्गामा आफ्नो संग्लग्नता नरहेको स्पष्ट पारेको कुमारी बैंकले यस प्रकरणमा बिचौलियाहरुले बैंकलाई निशानामा राखेर बदनाम गराई आफूहरु उम्किन खोजेको दाबी गरेको छ । हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केन्द्रिय बैंकले यस विषयमा छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार ब्यूरोले बयानका क्रममा यसमा अन्य व्यक्तिको संग्लग्नता रहेको देखिएकोले उनीहरु लाई पनि बोलाएर छानबिन गर्नुपर्ने देखिएको बताएको छ ।

बैंकबाट प्रबाह भएको यति ठुलो रकम घोटाला  प्रकरणमा सिद्दार्थ बैंक पनि तानिएको छ। गायक अमात्यको जग्गा रहेको कम्पनी बिलुवाभूमि वन प्राइभेट लिमिटेडको खाता सिद्धार्थ बैंकमा रहेको खुलेपछि यस प्रकरणमा सिद्दार्थ बैंक पनि तानिएको हो ।

बैंकबाट डायनिल ट्रेडिङको नाममा स्वीकृत १९ करोड कर्जा बिलुवाभूमिको नाममा रहेको खातामा गएको र कागजात नक्कली भएको थाहा भएपछि कुमारी बैंकले उक्त १९ करोड सिद्दार्थ बैंकको सोहि खाताबाट झिकेको अनुसन्धानमा पाइएको छ। सिद्दार्थ बैंकमा रहेको बिलुवाभूमिको नाममा रहेको खाता गायक अमात्यकै हो,होइन भन्ने बिषयमा पनि अनुसन्धान भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *