प्राइम कमर्सियल बैंकको साधारणसभा ६ पुसमा, लाभांश पारित मुख्य एजेन्डा

प्राइम कमर्सियल बैंकले ६ पुसमा १४औं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ ।

बैंकले सभामा भाग लिने सेयरधनीलाई पासवर्ड उपलब्ध गराउने जनाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले २२ मंसिरमा बुक क्लोज गर्दैछ । यसअनुसार २१ मंसिरसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन तथा सभामा भाग लिन सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *