बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढायोः अध्ययन

बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको बैंक तथा वित्तीय संस्था परिसंघको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले गरेको अध्ययनमा बैंकले १०० रुपैयाँ कर्जा लगानी बढाउँदा ५० रुपैयाँले व्यापार घाटा बढाउने पाइएको हो ।

‘बैंक वित्तीय संस्थाले उपभोग र अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्दा व्यापार घाटा बढेको छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘बैंक बित्तीय संस्थाले ५ भागको एक भाग कर्जा होलसेल र रिटेलमा लगानी गरेका छन् ।’

यस्तै, रेमिट्यान्स आप्रवाहको ठूलो अंश समेत उपभोगमा जाँदा व्यापार घाटा बढाएको अध्ययनको निष्कर्ष छ । ‘रेमिट्यान्स बढ्दा आन्तरिक उत्पादन नबढ्ने हो भने व्यापार घाटा झनै बढ्ने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ, ‘रेमिट्यान्सको रकमबाट बचत बढाउने गरि सरकारले नीतिगत सुधार गर्नुपर्छ।

यस्तै, बैंक वित्तीय संस्थाले समेत उपभोग भन्दा उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव प्रतिवेदनमा दिइएको छ । ‘अनुत्पादक क्षेत्रको ब्याजदर महँगो र उत्पादनमूलक उद्योगको ब्याज सस्तो बनाउन जरूरी छ’ प्रतिवेदनमा भनिएको छ, ‘उत्पादनमूलक ठुला उद्योगलाई कर्जा लगानी गर्ने छुट्टै नियम बनाउन जरूरी छ ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *