नेपालका चर्चित र्यापर आशिष राणा ‘लाहुरे’को नयाँ र्याप गीत सार्वजनिक भएको छ । लागूऔषध दुर्व्यसनीविरुद्ध बनेको यस गीतको टाइटल ‘बिरामी’ हो । लामो समयको प्रतिक्षापछि लाहुरेले नयाँ गीत निकालेका हुन् ।
नयाँ र्याप आएसँगै उनका फ्यानहरु खुशी भएर सामाजिक संजालमा शुभकामना दिइरहेका छन् । नयाँ र्यापको म्युजिक भिडिओ लाहुरेको आधिकारिक युट्युब च्यानमा सार्वजनिक भएको छ ।
Artha Sanjal






