ज्वाला संग्रौला र ज्ञानेन्द्र शाहीका कारण लिंदेनको पद धरापमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको भित्र भएको आन्तरिक खिचातानी र किचलो बाहिर आएको छ । कमल थापालाई सानदार मतले पछि पार्दै राप्रपाको अध्यक्ष बनेका राजेन्द्र लिंदेन अहिले विवादमा पर्न थालेका छन् । पछिल्लो समयमा राप्रपाको आन्तरिक विवाद छरपस्टै हुन थालेको छ । राप्रपाका अध्यक्ष बने पछि निकै ठूलो जोश र उत्साहका साथ काम गरिरहेका लिंदेनलाई हाल अध्यक्षबाटै हटाउँने सम्मको खेलमा ठूलै टीम जोडतोडका साथ लागेको स्रोतले जनाएको छ ।

लिंदेनका विरुद्ध पूर्व अध्यक्ष पशुपती शमशेर जबरा त हातै धोएर लागेको र अर्का पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनी समेत अब लिंदेनबाट नेत्रित्व सम्भव छैन भन्ने निष्कर्षमा पुगेको एक नेताले जानकारी दिए । केहि समयदेखि लिंदेनले सिदान्त बिहिन भाइरलेहरुको पछि लागेर राप्रपाको गरिमाालाई कायम राख्न नसकेको भन्नेमा लोहनी पुगेको उनी निकट स्रोतले बताएको छ ।

र[प्रपामा केहिदिन यता दुई जना विभागीय प्रमुखहरुले नै साधारण सदस्य समेत नरहने गरि राप्रपाबाट राजिनामा दिएका छन् । खेलकुद विभाग प्रमुख दमन बस्नेत र सामाजिक विभाग प्रमुख भाईरल ज्वाला संग्रौलाले राजिनामा दिएपछि लिंदेन थप दबावमा परेका छन् ।

पशुपती शमशेर समूहले लिंदेन माथी भाइरलेहरुलाई अवास्यकता भन्दा बढी महत्व दिएको र राप्रपालाई पार्टी जस्तो भन्दा पनि अभियान जस्तो बनाएको आरोप लगाएको छ । सामाजिक अभियान्ता भन्दै समाजिक संजालमा रहेका ज्ञानेन्द्र शाही देखी ज्वाला संग्रौला सम्मलाई नेता बनाएर ठूलो स्पेश दिएपछि राप्रपाका पुराना नेताहरु लिंदेनसँग रुष्ट बनेका हुन् ।

पशुपती शमशेर राणाले शाही र संग्रौला दुवै जनालाई राप्रपामा प्रवेश नगराउँन लिंदेनलाई सुझाब दिएका थिए तर लिंदेनले भने उनीहरुलाई पार्टी प्रवेश मात्रै गराएनन् शाहीलाई प्रवक्ता नै बनाए भने संग्रौलालाई सामाजिक विभाग प्रमुखको जिम्मेवारी दिए । अहिले संग्रौला भने विभागीय प्रमुख मात्रै होइन साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट बाहिरिएकी छन् ।

राप्रपाका एक नेताले भने, ‘विभागीय प्रमुख भएको ६ महिना पनि नपुग्दै संग्रौला बाहिरिए पछि यहि बिषयलाई लिएर राणा र लोहनीहरुले लिंदेनसँग हिसाब किताब गर्ने तयारी गरेका छन ।’

उनका अनुसार राप्रपाको विशेष महाधिवेशन नै माग गरेर लिंदेनलाई अध्यक्षबाट बिदा गर्ने सम्मको रोडम्याप बनाएर ठूलै समूह लिंदेन विरुद्ध परिचालित भएको छ । ‘असली राजावादीलाई बेवास्ता गर्दै गैर राजावादी द्वय शाही र संग्रौलालाई आवश्यकता भन्दा बढि महत्व दिएर नेता बनाउदा अब लिंदेनको अद्यक्ष पद नै धरापमा पर्ने भएको छ ।’ उनले भने

केहि दिन अघि मात्रै बाहिरिएको एउटा गोप्य म्यासेजले भित्र भित्रै कस्तो सम्मको खिचडी पाकिरहेको रहेछ भन्ने सहजै बुझ्न सकिन्छ । एक नेताले अर्कैलाई पठाएको म्यासेज लिंदेनकी श्रीमतीको मोवाइलमा गएपछि राप्रपामा ठुलो विवाद भएको खबर सार्वजनिक भएको हो। लिंदेनकी श्रीमतीको मोवाइलमा आएको म्यासेज लिंदेन आफैँले नदेखेको भए आजसम्म राप्रपामा अर्को ठूलो भूकम्प गइसक्ने थियो । लिंदेनले तत्काल एक्सन लिएर सम्भावित ठूलो क्षतिलाई बचाए पनि फेरि कुनै पनि बेला पार्टी भित्र अर्को राजनीतिक संकट आउन सक्ने स्रोतको दावी छ ।

यो पनि हेर्नुहोस

लिंदेनले भेटे श्रीमतीको मोवाइलमा गोप्य म्यासेज,राप्रपा फेरि फुटको संघारमा

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *