त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्बको लागतमा नयाँ टर्मिनल भवन बन्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ ।२००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि आगामी आर्थिक वर्ष २०७९र८० बाट नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गरिने भएको छ ।

विमानस्थल पूर्वाधार विस्तार गुरुयोजना (सन् २०१०–२०२८) अन्तर्गत विमानस्थलको क्षमता अभिवृद्वि गर्न नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिने नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले विमानस्थलको उत्तरतर्फको जग्गामा निर्माण हुने नयाँ टर्मिनल भवनबाट अहिलेको भन्दा तीन गुणा बढी हवाई यात्रुले उड्डयन सुविधा लिनसक्ने बताएका छन् ।

हाल प्रयोगमा रहेको टर्मिनल भवनबाट क्षमताभन्दा बढी अर्थात् वार्षिक ४० लाखभन्दा बढी यात्रुले सेवा लिँदैआएका छन् भने निर्माण हुने नयाँ टर्मिनल भवनबाट वार्षिक एक करोड यात्रुले सेवा लिनसक्ने छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *