एमालेका पूर्वसभासद् तामाङलाई ८ वर्ष कैद र ५ अर्ब बढी विगो

नेकपा (एमाले)का पूर्वसभासद् समेत रहेका व्यापारी सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितका व्यक्तिहरुविरुद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ।

लामा पक्राउ परेपछिको दुई महिना लामो अनुसन्धानपछि प्रहरीले बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

३६ जनालाई अभियुक्त बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष समेत रहेका तामाङ, उनकी श्रीमती सिर्जना र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई मुख्य अभियुक्त बनाइएको छ । बाँकीलाई भने प्रहरीले मतियारको रुपमा प्रहरीले प्रतिवेदन बुझाएको हो ।

मुख्य अभियुक्त करार गरिएका तामाङसहितका व्यक्तिहरुका विरुद्ध प्रहरीले ८ वर्षका दरले कैद माग गरेको छ भने ५ अर्ब ५९ करोड बिगो दाबी गरिएको छ ।

१ हजार ४ सय ८७ जना निक्षेपकर्ताले प्रहरीमा ठगीको जाहेरी दिएको यस प्रकरण तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवान बहादुर सिंह, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा अधिकृत राकेश महर्जन, सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौश्तुप चेतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधर जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन र असिस्टेन्ट संगीत श्रेष्ठ पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *