रविले लिए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगले जानकारी दिएकाे छ ।

पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।  ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी परेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *