सानिमा जनरल इन्स्योरेन्सले यस वर्ष पनि लाभांश दिएन

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ ।

कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश प्रस्ताव वाहेकनै गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको हो । कम्पनीले गत वर्ष पनि लगानीकर्ताहरुको हात खाली बनाएको थियो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. २ करोड ४३ लाख ४७ हजार खुद नाफा गरेको कम्पनीको जगेडा कोषमा रू. ९ करोड ६६ लाखभन्दा बढी रकम सञ्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *