एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक सुरु, मन्त्री पद गुमाएका तीन नेता अनुपस्थित

नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक काठमाडौंको प्रज्ञाभवनमा सुरु भएको छ । बैठकमा देशभरबाट करिब १५ सय जनाको सहभागीता रहेको एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले बताए ।

बैठकमा पार्टीको देशभर भएका साङ्गठानिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित एजेन्डामाथि छलफल हुने छ । महासचिव भुसालका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमाथि पनि छलफल गरिनेछ । भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल हुने छ ।

तर, मन्त्रीबाट फिर्ता बोलाइएको पार्टीका नेताहरु प्रेम आले, किसन श्रेष्ठ र विरोध खतिवडा भने बैठक स्थलमा पुगेका छैनन् । मन्त्री पद गुमाएकी सांसद रामकुमारी झाँक्री भने पुगेकी छन् ।

बैठकमा अध्यक्ष माधव नेपालले सम्बोधन थालिसक्दा उनीहरु बैठकस्थल नपुगेका हुन् । उनीहरुले मन्त्री पद जाने भएपछि चर्को लबिङ गरेपनि पद भने जोगाउन सकेका थिएनन् । समाजवादीका ४ मन्त्री र एक राज्यमन्त्रीको आजै शपथ भइसकेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *