यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य सूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

बुधबार(आज) अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ५० पैसा, इमली १७० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ, हाइब्रिड काँक्रो, डल्लो फर्सी, इस्कुस, लौका, घिरौँला, बुलेट र माछे खुर्सानीलाई प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, कागती प्रतिकेजी १४५ रुपैयाँ, किवी ४७५ रुपैयाँ, अकबरे खुर्सानी र कुरिलो २२५ रुपैयाँ, लोकल लिची, रायोको साग, पालूगो साग र लोकल गाजर ९५ रुपैयाँ, नेपाली ठुलो गोलभेँडा ९५ रुपैयाँ, टनेल गोलभेँडा ३५ रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *