महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा ‘साइन्स अफ सेल्स’ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘साइन्स अफ सेल्स’ सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असार ४ गते काठमाडाँै मित्रपार्कस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

बागमती प्रदेशअन्तर्गतका शाखा र उपशाखाको अभिकर्ताहरूलाई बिक्री कलासम्बन्धी प्रशिक्षण दिने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएकोछ  ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेको उक्त कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ता र एजेन्सी म्यानेजर, शाखा÷उपशाखा प्रमुख र प्रधान कार्यालयका उच्च पदस्थ अधिकृतहरूको सहभागिता रहेको थियो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सहभागीहरूलाई स्वागत तथा कर्याक्रमको महत्त्वमाथि प्रकाश पारेका थिए ।

लाईफ चेन्जर मोटिभेसनल प्रशिक्षक राजावाबु साहले जीवन बीमामा सम्भावित बमितको पहिचान, उनीहहरूसँग गरिने व्यवहार, बिक्री कार्यलाई सफल कार्यान्वयन गर्ने बारेमा प्रशिक्षण दिएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराईले सफल अभिकर्ता हुन र बीमा व्यवसाय प्रबर्द्धन गर्न चाल्नु पर्ने कदम बारेमा प्रशिक्षण दि ।

बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल, प्रशान्तराज धमला र प्रबन्धक सिताराम धिमालको समेत उपस्थिति रहेको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन भन कम्पनीका वागमती क्षेत्रीय प्रमुख राम प्रसाद भुसालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *